आज कुन देशको मुन्द्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । त्यस्तै बिहीबार युरोपियन युरोको एकको खरिददर १४१ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ४७ पैसा तोकिएको छ । बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ७० पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसा रहेकाे छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएकाे छ ।












