बिहिबार कतिमा किनबेच हुँदैछ सुन ?
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०३, २०८० | १३:४५:२४
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०३, २०८० |
१३:४५:२४
4115












