धादिङमा दादुराबाट दुई बालकको मृत्यु
प्रकाशित मिति: आइतबार, चैत्र २३, २०७६ | १४:५०:१५
काठमाडौं,२३ चैत्र ।
धादिङको चेपाङको बस्तीमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको छ ।
डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको हो ।
अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिए । उनका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । त्यहाँ अहिलेसम्म १ सय ५० भन्दा बढी बिरामी परेका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र २३, २०७६ |
१४:५०:१५
5105



















