सुनको भाउ बढ्यो, तोलाको कति ?
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ | १४:३०:५७
चितवन , १५ जेठ । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, आज तेजावी सुन पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । आज चाँदीको मुल्य पनि ४० रुपैयाँले बढेर तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, जेठ १५, २०८१ |
१४:३०:५७
3807













