आज उपत्यका र पहाडी क्षेत्रमा हावाहुरिसहित वर्षा
प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७६ | १५:२०:५५
काठमाडौं,२९ चैत्र।
शनिवार काठमाडौं उपत्यकामा पानी परेको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रका केही स्थानमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकाका केहि ठाँउमा हावाहुरिसहित पानि परिरहेको छ । अहिले आज दिउँसोपछि हल्का बदली भइ देशको पहाडी क्षेत्र र दक्षिण पश्चिममा हल्का पानी परेको जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २९, २०७६ |
१५:२०:५५
5787






















