महिलाकाे टाउकोमा जुम्रा देखेपछि विमानकाे आकस्मिक अवतरण
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ | १५:२०:०२
चितवन , २१ साउन । लस एन्जलस–न्यूयोर्क एयरलाइन्सको एउटा अनौठो घटना बाहिर आएको छ । एक महिलाको टाउकोमा जुम्रा देखिएपछि अमेरिकन एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । घटना यही जुन १५ को हो । यो उडान लस एन्जलसबाट न्यूयोर्क जाँदै थियो ।उडानका यात्रु इथान जुडेल्सनले टिकटकमा आफ्नो अनुभव साझा गरेका छन्। विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू छक्क परेका थिए ।
पछि यो आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा रहेको खुलेको थियो । विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको हो ।
प्रकाशित मिति : सोमबार, साउन २१, २०८१ |
१५:२०:०२
5413
























