सेयर कारोबारमा नयाँ रेकर्ड
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ | १६:२३:१०
चितवन , २७ साउन । आइतबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको हाे । गत साताको मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त दिनसम्म त्यो नयाँ रेकर्ड थियो ।आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । यस दिन २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रकाशित मिति : आइतबार, साउन २७, २०८१ |
१६:२३:१०
3103













