आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: शुक्रबार, आश्विन ०४, २०८१ | १५:०७:०९
चितवन , ०४ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०४, २०८१ |
१५:०७:०९
3169
























