आइतबार बढ्याे सेयर बजार, काराेबार कति ?
प्रकाशित मिति: आइतबार, आश्विन ०६, २०८१ | १६:१५:५८
चितवन , ०६ असोज । नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ । आइतबार नेप्से ११ अंकले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.६५ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्डको शेयरको सबैभन्दा बढी ६ लाख ४७ हजार २०३ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन ०६, २०८१ |
१६:१५:५८
4885
























