नेपाल वायुसेवा निगमको अध्यक्षमा सुशील घिमिरे नियुक्त
प्रकाशित मिति: बुधबार, बैशाख ०३, २०७७ | १२:०८:५२
काठमाडौं,३ वैशाख
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन्। सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको सरकारले जनाएको छ । पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालय सम्हालेका घिमिरेले पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका छन् । उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित मिति : बुधबार, बैशाख ०३, २०७७ |
१२:०८:५२
5127

























