लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको १ लाख ६६ हजार नाघ्यो
प्रकाशित मिति: बुधबार, कार्तिक ०७, २०८१ | १३:४५:२६
चितवन, ०७ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६६ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला २१ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ०७, २०८१ |
१३:४५:२६
3213

























