सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च
प्रकाशित मिति: आइतबार, कार्तिक ११, २०८१ | १३:५५:०३
चितवन, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्यले आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक ६७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २ हजार ७० रुपैयाँ रहेको चाँदी यस दिन २ हजार८५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ११, २०८१ |
१३:५५:०३
4709
























