तोलामा ४ सय घट्यो सुन, भाउ कति ?
प्रकाशित मिति: बिहिबार, माघ ११, २०८१ | १२:२०:१५
चितवन, १० माघ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ११, २०८१ |
१२:२०:१५
2729



















