एकैदिन २३ सयले बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
  प्रकाशित मिति:  शुक्रबार, माघ १९, २०८१ |  १२:३५:४१                                                                
                              
चितवन, १८ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो ।शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।
  
		 		  प्रकाशित मिति :    शुक्रबार, माघ १९, २०८१ |   
			 १२:३५:४१                                
                                 2619                                
                                
                                 
                                
       
						  
					
    















