बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: मंगलबार, फाल्गुण २१, २०८१ | १४:१२:३५
चितवन, २० फाल्गुन । आज पनि बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २१, २०८१ |
१४:१२:३५
2663


















