यति अटाेमा रोयल इन्फिल्ड क्लासिक ३५० काे नयाँ माेडल लन्चिङ
काठमाडौं, ०४ वैशाख । रत्ननगर वडा नं १ निपनी स्थित यति अटाे माेवाइल्समा विहीबार रोयल इन्फिल्ड क्लासिक ३५० काे नयाँ माेडल लन्चिङ गरिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र यति अटाेका सञ्चालक अमरमान श्रेष्ठले सयुक्त रुपमा नयाँ माेडल सार्वजनिक गरेका हुन । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुऱ्याइने छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउने यति अटाेका सञ्चालक श्रेष्ठले बताए । उक्त बाइकमा टाइप सी युएसबी चार्जर तथा गियर सुचक जनाउने गियर इन्डिकेटर रहेकाे उनले जानकारी दिए । न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध रहेकाे उनले जानकारी दिए । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध छ । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् । नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरू माझ नविन तरिकाले यसको विरासत अघि वढ्न विश्वास लिएकाे छ ।
रोयल इनफिल्डका थप प्रिमियम मोडलमा वियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन् । नेपालमा रहेको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासिक वाइकको बुकिङ, टेस्ट राइड र विक्री सुरू गरिएकाे हाे।


















