एकैदिन ४६ सयले घट्यो सुनको भाउ
प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०८२ | १२:१५:२६
चितवन, १८ वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको हो।
यसअघि बुधबार सुन तोलाको १ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो ।
महासङ्घकाअनुसार आज चाँदीको भाउ पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०८२ |
१२:१५:२६
2597


















