वर्षौंपछि भारतमा जातिगत जनगणना हुने
प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०८२ | १२:३६:५२
चितवन, १८ वैशाख । वर्षौंपछि भारतमा जातिगत जनगणना हुने भएको छ ।
भारतले आगामी सेप्टेम्बर महिनादेखि जनगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । जनगणना सम्पन्न गर्न १८ महिना लाग्ने र त्यसको नतिजा सन् २०२६ मा सार्वजनिक हुने अनुमान छ ।
विशेषज्ञहरूका अनुसार, आगामी जनगणनामा जातिलाई पनि समावेश गर्ने निर्णय भारत सरकारको ऐतिहासिक निर्णय हो । किनकी यो झण्डै एक सय वर्षपछि हुँदैछ । यद्यपि यसको पक्ष र विपक्षमा बहस जारी छ ।
भारतको जनगणनामा संविधानमा सूचिकृत दलित र आदिवासीको मात्र गणना हुने गरेको छ । तर अन्य जातिको जनगणना सन् १९३१ देखि भएको छैन ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०८२ |
१२:३६:५२
2839





















