हावाहुरी र असिनाले बारामा करिब ४५ करोडबराबरको फलफूलमा क्षति
प्रकाशित मिति: मंगलबार, बैशाख ०९, २०७७ | १५:२५:१२
बारा, वैशाख ९ ।
बारामा हावाहुरी र असिनाले करिब ४५ करोड रुपैयाँ मूल्य बराबरको फलफूलमा क्षति पुगेको छ ।
केराखेतीको पकेट क्षेत्र मानिने निजगढमा केरा र अन्य क्षेत्रमा आँप, खरभुजालगायतका फलफूल नस्ट भएको हो ।
कृषि ज्ञान केन्द्र बाराकाअनुसार जिल्लामा २१ सय ९५ हेक्टरमा लगाइएको फलफूल खेतीमध्ये बढी केरा खेतीमा क्षति पुगेको छ ।
निजगढमा ११ सय बढी बिघामा केराखेती गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०९, २०७७ |
१५:२५:१२
4401

























