एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?
प्रकाशित मिति: बुधबार, जेठ ०७, २०८२ | १३:३२:२५
चितवन, ०७ जेठ । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हाे । याे सुन मंगलबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
प्रकाशित मिति : बुधबार, जेठ ०७, २०८२ |
१३:३२:२५
2465


















