पिउने पानी नपाइएको भन्दै जाजरकोटमा वडाध्यक्षमाथि कुटपिट,सात जना पक्राउ
प्रकाशित मिति: बुधबार, बैशाख १०, २०७७ | १८:१५:५०
काठमाडौँ,१० वैशाख ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा पिउने पानी उपलब्ध नगराएको भन्दै स्थानीयले वडा कार्यालयमा आक्रमण गरेका छन्।
जुनीचाँदे-२ मजकोटस्थित वडा कार्यालयमा भएको झडपमा स्थानीयको कुटपिटबाट वडाध्यक्ष घाइते भएका छन्। घाइते वडाध्यक्षलाई उपचारका लागि सुर्खेत ल्याइएको छ।
स्थानीयले वडा कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको प्रहरीले जनाएको छ। प्रहरीले आक्रमण गरेको र कागजात च्यातेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका(२ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।
प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७ |
१८:१५:५०
4115

























