सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: बिहिबार, भाद्र १२, २०८२ | १२:२३:०४
चितवन, १२ भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९९ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र १२, २०८२ |
१२:२३:०४
2465


























