सुन प्रतितोला २ लाख ३ हजार ६ सयमा, नयाँ रेकर्ड
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | १२:३५:०७
चितवन, १५ भाद्र । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यले पनि रेकर्ड बनाएकाे छ । महासंघका अनुसार आज एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेर २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । चाँदी अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
१२:३५:०७
1959


























