सुनको नयाँ मूल्य २,०५,३०० रुपैयाँमा कायम
प्रकाशित मिति: सोमबार, भाद्र १६, २०८२ | १३:०५:१९
चितवन, १६ भाद्र । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १,७०० रुपैयाँले बढेर २,०५,३०० रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य २,०३,६०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर २,४७० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य २,४२५ रुपैयाँ कायम थियो।
प्रकाशित मिति : सोमबार, भाद्र १६, २०८२ |
१३:०५:१९
3543


























