सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: शुक्रबार, भाद्र २०, २०८२ | १२:१२:१९
चितवन, २० भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला २४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २०, २०८२ |
१२:१२:१९
3125


























