देशभर आंशिकदेखि सामान्य बदली
प्रकाशित मिति: बिहिबार, भाद्र २६, २०८२ | ९:११:०१
चितवन,२६ भाद्र । आज देशभर साधारणतया आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थान वरिपरि र पश्चिमतर्फ सामान्यभन्दा केही उत्तरमा अवस्थित रहेको विभागले जानकारी दिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी प्रदेशका पहाड तथा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुने संभावना रहेको विभागले चेतावनी दिएको छ।
प्रकाशित मिति : बिहिबार, भाद्र २६, २०८२ |
९:११:०१
4687

















