आंशिक बदलीसँगै केही स्थानमा वर्षा र चट्याङको सम्भावना
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०८३ | १०:०१:०७
चितवन, १४ बैशाख । पश्चिमी तथा स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने मधेससहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख १४, २०८३ |
१०:०१:०७
133



















