देशभर तापक्रम बढ्दो, तराईका सहरमा ३१ डिग्री नाघ्यो
प्रकाशित मिति: बिहिबार, फाल्गुण २८, २०८२ | १७:०२:५२
चितवन, २८ फाल्गुण। आज मध्यान्हसम्म सबैभन्दा बढी तापक्रम सिराहा र बाँकेमा मापन गरिएको छ, जहाँ अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको छ।
त्यस्तै विराटनगरमा आज तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्जमा ३० देखि ३२ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान गरिएको छ।
यता मनाङको हुम्दे विमानस्थलमा भने अधिकतम तापक्रम ३.२ डिग्री सेल्सियस मात्र मापन गरिएको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २८, २०८२ |
१७:०२:५२
1299





















