बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, आश्विन १०, २०८२ | १३:००:२९
चितवन, १० आश्विन। नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर २ लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य २ लाख २१ हजार तीन सय रुपैयाँमा रहेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : शुक्रबार, आश्विन १०, २०८२ |
१३:००:२९
2993
























