आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड पुग्यो
प्रकाशित मिति: बिहिबार, आश्विन २३, २०८२ | १२:१३:००
चितवन,२३ असोज । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीहरूमा गरी करिब रु २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबीको जम्मा रकम करिब रु २३ अर्ब २२ करोड ८७ लाख रहेको तथ्यांक बीमा प्राधिकरणमा प्राप्त भएको छ।
यस मध्ये बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब रु १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
त्यसैगरी, क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि निर्जीवन बीमा कम्पनीहरूले हालसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ वटा सर्भे प्रतिवेदन बीमा कम्पनीहरूले प्राधिकरणमा बुझाइसकेको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति : बिहिबार, आश्विन २३, २०८२ |
१२:१३:००
3191

























