खैरहनीमा स्वरुप परिवर्तन तथा ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकल नियन्त्रणमा
  प्रकाशित मिति:  आइतबार, कार्तिक १६, २०८२ |  ११:१७:२३                                                                
                              
चितवन , १६ कार्तिक । पुर्वीचितवनको खैरहनीबाट ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गरेको र ध्वनि प्रदुषण गर्ने सातवटा मोटरसाइकललाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । खैरहनी क्षेत्रमा ध्वनि प्रदुषण बढेको ( मोटरसाइकलहरुले ठुला आवाज निकाल्ने , साइलेन्सर पड्काउदै हिड्ने ) गरेको व्यापक गुनासो पश्चात् ईलाका प्रहरी कार्यालय खैरहनी र अस्थायी ट्राफिक प्रहरी पोष्ट खैरहनीले चेकजाँचमा कडाई गरेको छ । चेकजाँचको क्रममा शनिबार एकैदिन सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्वरुप परिवर्तन गर्ने र ध्वनी प्रदुषण गरि स्थानीयलाई आतंकित पार्नेहरुलाई नियमअनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
  
		 		  प्रकाशित मिति :    आइतबार, कार्तिक १६, २०८२ |   
			 ११:१७:२३                                
                                 881                                
                                
                                 
                                
       
						  
					
    

























