चितवनका निजि विद्यालयमा आज पठनपाठन नहुने
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ | ८:२१:१६
चितवन , १५ साउन । विश्व हिन्दु महासंघ चितवनले आजलाई आव्हान गरेको चितवन बन्दको कारण चितवकनका निजि विद्यालय विदा हुनेभएको छ । अधिकांस विद्यालयमा विद्यार्थीहरु विद्यालय बसमार्फत आउने गरेको र आज बन्दको कारण विद्यालय बस संचालन गर्न जोखिम देखिएको भन्दै विद्यालय बिदा हुने भएको हो । विद्यालय बस संचालनमा जोखिम देखिएको र विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै आज विद्यालय बन्द गरिएको चितवन प्याब्सनका वरिष्ठ उपाध्यक्ष टेकराज अधिकारीले समावेशी खबरलाई जानकारी दिए । संवेदनशील विषय भएकोले सबै पक्षको सल्लाह सुझाव अनुसार र मुख्यत विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै आजलाई पठनपाठन बन्द गरिएको उनले बताए ।
प्रकाशित मिति : शुक्रबार, साउन १५, २०८३ |
८:२१:१६
287



















