सुनको मूल्यमा सामान्य वृद्धि
  प्रकाशित मिति:  आइतबार, कार्तिक १६, २०८२ |  ११:५८:१८                                                                
                              
चितवन, १५ कार्तिक । गत शुक्रबारको तुलनामा आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी रु ५ ले घटेको छ।
गत शुक्रबार तोलाको रु २ लाख ३९ हजार मा कारोबार भएको सुन आज रु २ लाख ३९ हजार ७०० मा पुगेको महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३ हजार ५५ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा पुगेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज प्रतिऔँस सुन चार हजार अमेरिकी डलर मा कारोबार भइरहेको छ।
  
		 		  प्रकाशित मिति :    आइतबार, कार्तिक १६, २०८२ |   
			 ११:५८:१८                                
                                 661                                
                                
                                 
                                
       
						  
					
    



















