सुनचाँदीको मूल्यमा सामान्य गिरावट
प्रकाशित मिति: मंगलबार, कार्तिक १८, २०८२ | १२:१८:०९
चितवन, १८ कार्तिक । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। सुनको मूल्य प्रतितोला रु १,४०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हाल सुन प्रतितोलारु २,३८,३०० र चाँदी प्रतितोला रु ३,०१५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३,९८० अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८, २०८२ |
१२:१८:०९
265


























