नेप्सेमा दोहोरो अङ्कको सुधार
प्रकाशित मिति: बुधबार, कार्तिक १९, २०८२ | १७:११:४४
चितवन, १९ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक १२.१७ अङ्कले बढेर २,६०७.४२ बिन्दुमा पुगेको हो।
आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक कारोबार हुँदा कुल रू ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४.९६ को लेनदेन भएको छ।
कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूहको उपसूचक वृद्धि भएको छ। कारोबार रकम र शेयर सङ्ख्याका हिसाबले आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको सात लाख १० हजार २५९ कित्ता शेयर रू ३८ करोड ६१ लाख ५२ हजार ४८४ बराबरको कारोबार भयो।
प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८२ |
१७:११:४४
111
























