स्थानीय बजारमा सुनचाँदी दुवै महँगियो
प्रकाशित मिति: बुधबार, मंसिर ०३, २०८२ | १५:२१:४५
चितवन, ०३ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपालमा समेत परेको छ।
मङ्गलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु २,८०० ले बढेर रु २,४२,३०० पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला रु ६० ले बढ्दै आज रु ३,१५० मा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित मिति : बुधबार, मंसिर ०३, २०८२ |
१५:२१:४५
243




















