नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ३३० कम्पनीको ४ अर्ब ७४ लाखको कारोबार
चितवन, २८ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४ दशमलव ८७ बिन्दुमा कायम भएको छ।
आज ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिद-बिक्री भएका छन्, जसको कुल कारोबार रकम रु ४ अर्ब ७४ लाख ५५ हजार ७७ पुगेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूहले सामान्य अङ्कले वृद्धि भएको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, सिटी होटल लिमिटेडको शेयर मूल्यमा सबैभन्दा ठूलो घटबढ १० दशमलव २६ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकम र शेयर संख्या अनुसार, सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेड (प्रमोटर) को भएको छ, जहाँ २४ लाख ९३ हजार ८६६ कित्ता शेयर रु २६ करोड १८ लाख ५५ हजार ९३० को मूल्यमा किनबेच भएको छ।

























