शेयर बजार ४७.५५ अङ्कले बढ्याे
प्रकाशित मिति: आइतबार, पौष १३, २०८२ | १६:४३:५४
चितवन, १३ पुष । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज ४७.५५ अङ्कले बढेर २,६३३.४२ विन्दुमा पुगेको छ। आज सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ, विशेषगरी विकास बैंक, फाइनान्स, र अन्य समूहका शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। २ सय ३८ वटा कम्पनीको शेयर मूल्य बढेकोमा २१ वटा कम्पनीको शेयर घटेको छ।
आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी, ९.५ प्रतिशतले बढेको छ। यद्यपि, विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। नेप्सेसँगै आजको कारोबार रकम पनि वृद्धि भएको छ। गत बुधबार ३ अर्ब २२ करोडको कारोबार भएपनि आज ३ सय २८ वटा कम्पनीका १ करोड ३४ लाख कित्ता शेयर ५ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन्।
प्रकाशित मिति : आइतबार, पौष १३, २०८२ |
१६:४३:५४
2905



















