पूर्व गृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिने
प्रकाशित मिति: सोमबार, पौष १४, २०८२ | ९:३८:४०
चितवन, १४ पुष । नेपाली कांग्रेसका नेता र पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिनका लागि उपस्थित हुने भएका छन्। आयोगले सोधपुछको लागि उनलाई सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा बोलाएको छ। यसअघि पनि आयोगले लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो।
आज, लेखकले आयोगको टोलीसमक्ष आफ्नो जानकारी र घटनाको वस्तुस्थितिबारे स्पष्टीकरण दिने छन्। उनका सचिवालयले यो जानकारी पुष्टि गरेको छ। बयान दिने कार्यपछि, लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उक्त सम्मेलनमा उनले आयोगमा दिएको बयान र भदौ महिनामा घटेका घटनासँग सम्बन्धित विभिन्न पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्नेछन्।
प्रकाशित मिति : सोमबार, पौष १४, २०८२ |
९:३८:४०
3939



















