शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
प्रकाशित मिति: मंगलबार, माघ ०६, २०८२ | १०:४४:४७
चितवन, ०६ माघ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्।
उक्त जानकारी देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिएका हुन्। डडेलधुराबाट निरन्तर निर्वाचन लड्दै आएका देउवाले यसपटक चुनाव नलड्ने निर्णय गरेका हुन्। भानु देउवाले भने, “शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।”
प्रकाशित मिति : मंगलबार, माघ ०६, २०८२ |
१०:४४:४७
4621



















