कांग्रेसका सभापति थापा आज सर्लाही जाँदै
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२ | ११:१५:१२
चितवन, १२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन् ।
उनकाे सचिवालयका अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत सिमरा हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ ।
थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही– ४ बाट उम्मेदवार रहेका छन् ।
वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।उनले आज बागमती पुल, कर्मैयामा राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति : सोमबार, माघ १२, २०८२ |
११:१५:१२
5215



















