भोजपुरमा निर्वाचनमा खटिएको नेपाली सेना सवार बस दुर्घटना
प्रकाशित मिति: बुधबार, फाल्गुण ०६, २०८२ | १८:०२:३५
चितवन, ०६ फाल्गुण। भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार बस दुर्घटना भएको छ।
ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा नेपाली सेनाका २४ जना घाइते भएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकातर्फ बेस क्याम्प स्थापना गर्न जाँदै गरेको सेनाको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०६, २०८२ |
१८:०२:३५
221





















