सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते महिलालाई जहाजबाट उद्धार , भाइको मृत्यु
प्रकाशित मिति: आइतबार, बैशाख २१, २०७७ | १४:२०:२०
राँझा,२१ वैशाख ।
नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए ।
उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो ।
शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २१, २०७७ |
१४:२०:२०
4995



















