नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार २१ अर्बभन्दा बढी
प्रकाशित मिति: मंगलबार, फाल्गुण २६, २०८२ | १८:०५:४७
चितवन, २६ फाल्गुण। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३२ दशमलव ०८ अंकले घटेर दुई हजार ८४३ दशमलव ३५ बिन्दुमा कायम भएको छ।
यो एक दशमलव ११ प्रतिशतको गिरावट हो।
आज ३२९ कम्पनीका पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई करोड पाँच लाख ६११ पटक खरिद–बिक्री हुँदा कुल २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा जीवन बिमा, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको उपसूचक भने बढेका छन् भने अन्य सबै समूहमा गिरावट आएको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २६, २०८२ |
१८:०५:४७
1277

















