विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो(अपडेट)
प्रकाशित मिति: आइतबार, बैशाख २१, २०७७ | १५:०४:०७
काठमाडौं,२१ वैशाख ।
महामारीका रूपमा फैलिएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर मर्नेको संख्या झण्डै अढाई लाख पुगेको छ । हालसम्म कोरोनाभाइरस बिश्वका २ सय १० देशमा फैलिसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतवार दिउसो २ वजेसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४४ हजार ८ सय ७८ पुगेको छ भने कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ लाख ९७ हजार १ सय ६९पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको कहरबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ६० हजार ८सय ३८ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ७३ हजार ७ सय २७ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : आइतबार, बैशाख २१, २०७७ |
१५:०४:०७
4335



















