दोहोरो अङ्कले उकालो लाग्यो नेप्से, १३.५१ अङ्कको वृद्धि
प्रकाशित मिति: मंगलबार, चैत्र ०३, २०८२ | १९:०७:३५
चितवन, ०३ चैत्र । आज नेप्से परिसूचक १३.५१ अङ्कले वृद्धि भई २८१२.३४ बिन्दुमा पुगेको छ। शेयर बजारमा सुधारसँगै १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
३४० कम्पनीका ३ करोड ४८ लाख कित्ता शेयर एक लाखभन्दा बढी पटक किनबेच भएका छन्।
आज बैंकिङ, जलविद्युत् र विकास बैंक समूहमा उल्लेख्य वृद्धि देखिएको छ। तर वित्त, बिमा, होटल तथा पर्यटन लगायतका अधिकांश समूहमा गिरावट आएको छ।
रिलाइन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले पोजिटिभ सर्किटको लाभ उठाएका छन् भने एनआइसी एसिया ग्रोथ फन्ड–२ मा सबैभन्दा बढी गिरावट आएको छ।
कारोबार रकममा रिदी पावर अग्रणी रहँदा, सबैभन्दा बढी कित्ता कारोबार शिवश्री हाइड्रोपावरको भएको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०३, २०८२ |
१९:०७:३५
1277























