म्याग्दीका दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य सेवा विस्तार
प्रकाशित मिति: बुधबार, चैत्र ०४, २०८२ | ११:२३:४४
चितवन, ०४ चैत्र । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार एक कार्यक्रमका बीच उक्त एकाइ उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा उहाँले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने पालिकाको प्रतिबद्धता दोहोर्याउँदै गाउँ विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीका अनुसार यस स्वास्थ्य एकाइबाट करिब १३० परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यसअघि स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिन रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौर पुग्नुपर्ने बाध्यता थियो ।
यसअघि पनि गाउँपालिकाले बुकेनी, हिदी र धारामा यस्तै स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइसकेको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ०४, २०८२ |
११:२३:४४
1849



















