खोटाङमा एअर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना
प्रकाशित मिति: बुधबार, चैत्र ०४, २०८२ | १७:४१:०७
चितवन, ०४ चैत्र । खोटाङ जिल्ला को केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा एअर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा परेको छ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेल का अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
गाउँपालिका अध्यक्ष समिर राई ले दिएको जानकारी अनुसार हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा समस्या आएको थियो। सुरुमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीच भागमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ।
घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको छ भने सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाइएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र ०४, २०८२ |
१७:४१:०७
947

























