नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई
प्रकाशित मिति: शनिबार, चैत्र ०७, २०८२ | १६:०८:५१
चितवन, ०७ चैत्र । नेपालमा सङ्घीय संसद् निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा चीन सरकारले बधाई दिएको छ।
चिनियाँ पक्षले पठाएको सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई ज्ञापन गरेको हो।
साथै चीनले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तरता दिँदै व्यावहारिक सहयोग विस्तार गर्ने र द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन सहकार्य गर्न तयार रहेको जनाएको छ।
प्रकाशित मिति : शनिबार, चैत्र ०७, २०८२ |
१६:०८:५१
1893





















