डा.यादव अपहरण प्रकरण: महेश बस्नेत,कृष्णकुमार श्रेष्ठ र सर्वेन्द्र खनालबिरुद्ध उजुरी दर्ता
प्रकाशित मिति: सोमबार, बैशाख २२, २०७७ | १६:३५:५०
काठमाडौं,२२ वैशाख
समाजवादी पार्टीका सांसद् तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भन्दै दिएको उजुरी सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ। सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले डा.सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी जाहेरी दर्ता गरेको जानकारी दिएको हो। उनले दिएको उजुरीको १०४७ नम्बरमा दर्ता भएको छ।
यसअघि डा यादवले सोही कार्यालयमा उपस्थित भएर जाहेरी दर्ता गराउन माग गरेका थिए। तर कार्यालयले निवेदन छोडेर जान र अध्ययपछि दर्ता गर्ने भन्दै फर्काएको थियो।
राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दर्ता गराएका छन्। सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनको उजुरी कार्यालय र आयोग दर्ता भएको हो।
प्रकाशित मिति : सोमबार, बैशाख २२, २०७७ |
१६:३५:५०
4643



















